पृथ्वी राजमार्ग
अन्तर्गत पर्ने सुन्दर सहर गगनगौंडा,जुन पोखरा महानगरपालिका वडा नं ३० मा अवस्थित छ
। भौगोलिक हिसाबले मिलेको यी सहर निकै रमणीय छ । यो ठाउँको ईतिहास केलाउने हो भने निकै
पुरानो छ । करिब २०२२ साल देखि मानिसहरु यस ठाउँमा बसोबास गर्दै आएका छन् । २०२५ सालमा
पृथ्वी राजमार्गको नापजाँच सुरुवात भएको र २०२८ सालमा कच्ची बाटोको सरुवात भएको थियो
। २०३० साल चैत्र महिनामा गगनगौंडा बजारमा आगो लागेको थियो । त्यो बेला स्याउलाले बनेको
घर भएको हुँदा प्राय: सबै धरहरु जलेका थिए । २०५५ साल सम्म पोखरा पछिको ठूलो बजार गगनगौंडा
बजारको रुपमा बिकास भएको थियो । र लेखनाथ नगरपालिका बन्ने समयमा लेखनाथको ठूलो बजारको
रुपमा गगनगौंडा बजार स्थापित भएको थियो । ब्राह्मण, क्षत्री, नेवार, गुरुङ, मगर, ठकुरी,
दलित आदि यस ठाउँमा बसोबास गर्दै आएका छ्न् । गगनगौंडा पोखरा देखि काठमाण्डौं र काठमाण्डौं
देखि पोखरा जाने पुर्वी नाका हो । तनहुँ र लमजुङ्ग जस्ता जिल्लाहरु गगनगौंडा सँग जोडिएको
छ ।
Friday, 31 December 2021
तल्लो गगनगौंडा -केहि सुन्दर दृश्य !!
आँटी घर - कुरा गाउँ (मौजा पोखरा ) नेपाल !!
Aatighar- Kura Gaun is a beautiful village located 20 km northeast of Pokhara.
Tourists can admire its unique traditional culture which is well preserved by the local peoples.
You can find wonderful hospitality and good local food at Aatighar Home-stay.The culture and the tradition will adore you. Visit once and let's share the unique experience to all.
©rjgangaa_Photography
धम्पुस- कास्कीको एक सुन्दर पर्यटकीय स्थल !!
पोखराबाट अलि माथि...घुमाउरा बाटा पार गर्दै, खोलि तर्दै धम्पुस पुगेपछि । अझ धम्पुस कटेर पर-पर पुगेपछि लाग्छ - घुमिरहुँ...हिडिरहुँ, लम्किरहुँ, लेखिरहुँ..हराईरहुँ । भुलिरहुँ आफैलाई । आफूले आफैलाई भुल्नुमा सबैभन्दा आनन्द मिल्छ । कि त मन परेको प्रिय मान्छेलाई याद गर्नुमा आनन्द मिल्छ ।यहाँ गुरुङ्ग सस्कृतिको झलक पाइन्छ।
धम्पुस
नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति
हो। यो ठाउँमा ६२०
वटा घर छन। यहाँ
पुग्नको लागि पर्यटकहरू गाडिमा
भन्दा पैदल मानै जाने
गर्छन्। यो ठाउँ अझ
फ्लिम सुटिङ्को लागि निकै प्रसिद्ध
छ। यस गाविसमा रहेका
ऐतिहासिक तथा धार्मिक पर्यटकीय
स्थलहरू धम्पुसकोट, भुमे मन्दिर, नेवोताल
वराह, सिद्घवराह मन्दिर आदि रहेका छन
भने पाराग्लाईडिङको लागि थाक डाँडा,
तप्राङ मैदान आदि प्राकृतिक पर्यटकीय
स्थलहरू हुन ।
©rjgangaa_Photography
Featured post
Dear झरी
पानीका ती थोपासङै तिम्रा याद झर्छ! पानीसङै त्यो माटोले तिम्रै सुगन्ध छर्छ! बनी छोउछोउ लाग्यो तिम्रो तनमा! झरीराख्न पाएहुन्थ्यो भित्रै तिम्र...
-
पानीका ती थोपासङै तिम्रा याद झर्छ! पानीसङै त्यो माटोले तिम्रै सुगन्ध छर्छ! बनी छोउछोउ लाग्यो तिम्रो तनमा! झरीराख्न पाएहुन्थ्यो भित्रै तिम्र...
-
पृथ्वी राजमार्ग अन्तर्गत पर्ने सुन्दर सहर गगनगौंडा,जुन पोखरा महानगरपालिका वडा नं ३० मा अवस्थित छ । भौगोलिक हिसाबले मिलेको यी सहर निकै रमणीय ...
-
Mustang area field with pure natural and cultural diversity located in Dhaulagiri zone in northern part of Nepal. This article try to e...