Friday, 31 December 2021

तल्लो गगनगौंडा -केहि सुन्दर दृश्य !!

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने सुन्दर सहर गगनगौंडा,जुन पोखरा महानगरपालिका वडा नं ३० मा अवस्थित छ । भौगोलिक हिसाबले मिलेको यी सहर निकै रमणीय छ । यो ठाउँको ईतिहास केलाउने हो भने निकै पुरानो छ । करिब २०२२ साल देखि मानिसहरु यस ठाउँमा बसोबास गर्दै आएका छन् । २०२५ सालमा पृथ्वी राजमार्गको नापजाँच सुरुवात भएको र २०२८ सालमा कच्ची बाटोको सरुवात भएको थियो । २०३० साल चैत्र महिनामा गगनगौंडा बजारमा आगो लागेको थियो । त्यो बेला स्याउलाले बनेको घर भएको हुँदा प्राय: सबै धरहरु जलेका थिए । २०५५ साल सम्म पोखरा पछिको ठूलो बजार गगनगौंडा बजारको रुपमा बिकास भएको थियो । र लेखनाथ नगरपालिका बन्ने समयमा लेखनाथको ठूलो बजारको रुपमा गगनगौंडा बजार स्थापित भएको थियो । ब्राह्मण, क्षत्री, नेवार, गुरुङ, मगर, ठकुरी, दलित आदि यस ठाउँमा बसोबास गर्दै आएका छ्न् । गगनगौंडा पोखरा देखि काठमाण्डौं र काठमाण्डौं देखि पोखरा जाने पुर्वी नाका हो । तनहुँ र लमजुङ्ग जस्ता जिल्लाहरु गगनगौंडा सँग जोडिएको छ ।








©rjgangaa_Photography



No comments:

Post a Comment

Featured post

Dear झरी

पानीका ती थोपासङै तिम्रा याद झर्छ! पानीसङै त्यो माटोले तिम्रै सुगन्ध छर्छ! बनी छोउछोउ लाग्यो तिम्रो तनमा!  झरीराख्न पाएहुन्थ्यो भित्रै तिम्र...