“I love my hometown as I love my home and I like to stay in the town streets as I stay in the rooms of my house.” Everyone loves his hometown or city dearly. It is like loving the home or the place where one passes one's life.
Belchautara-Chillechaur-Dulegaunda = Shuklagandaki-5
शुक्लागण्डकी नगरपालिकाको संक्षिप्त परिचय
पवित्र शुक्लागण्डकीको दुबै तर्फ माछापुछ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम,थप्रेक, रईपुर, लामागाउँ जस्ता उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा.वि.स.लाई समेटेर र र
मिति २०७१ जेठ ७ गतेदेखि कार्यालय स्थापना भइ संचालनमा आएकोमा मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरिमिति २०७३ फाल्गुन ३० गतेबाट बृहत शुक्लाुगण्डकी नगरपालिकाको रुपमा संचालनमा आएको हो ।
देशको राजधानी काठमाडौंदेखि १७० कि.मी. पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि.मी. दक्षिणमा यस नगरपालिका रहेको छ । पौराणिक भाषामा सेतीगण्डकीलाई शुक्लागण्डकी भनिएको जसको अर्थ सफा, चम्किलो र उदयमान भन्ने हुन्छ । यस नगरपालिकाको मध्य भागबाट सेती गण्डकी बगेको हुनाले नगरपालिकाको नामाकरण शुक्लागण्डकी राखिएको हो ।
No comments:
Post a Comment