पानीका ती थोपासङै तिम्रा याद झर्छ!
पानीसङै त्यो माटोले तिम्रै सुगन्ध छर्छ!
बनी छोउछोउ लाग्यो तिम्रो तनमा!
झरीराख्न पाएहुन्थ्यो भित्रै तिम्रो मनमा!
एक नदीको दुई किनारा तिम्रो मेरो जिन्दगानी !
सम्झनामा सधैं हुन्छ,आँखा मेरो पानी पानी !!
तिमी पारि म छु वारि बिचमा बग्छन् यादका छाल,
लेऊ तिम्रा पीडाहरु,लैजाऊ खुशी छानीछानी !!!
No comments:
Post a Comment