Friday, 31 December 2021

धम्पुस- कास्कीको एक सुन्दर पर्यटकीय स्थल !!

पोखराबाट अलि माथि...घुमाउरा बाटा पार गर्दै, खोलि तर्दै धम्पुस पुगेपछि अझ धम्पुस कटेर पर-पर पुगेपछि लाग्छ - घुमिरहुँ...हिडिरहुँ, लम्किरहुँ, लेखिरहुँ..हराईरहुँ भुलिरहुँ आफैलाई आफूले आफैलाई भुल्नुमा सबैभन्दा आनन्द मिल्छ कि मन परेको प्रिय मान्छेलाई याद गर्नुमा आनन्द मिल्छ ।यहाँ गुरुङ्ग सस्कृतिको झलक पाइन्छ।

धम्पुस नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यो ठाउँमा ६२० वटा घर छन। यहाँ पुग्नको लागि पर्यटकहरू गाडिमा भन्दा पैदल मानै जाने गर्छन्। यो ठाउँ अझ फ्लिम सुटिङ्को लागि निकै प्रसिद्ध छ। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू धम्पुसकोट, भुमे मन्दिर, नेवोताल वराह, सिद्घवराह मन्दिर आदि रहेका छन भने पाराग्लाईडिङको लागि थाक डाँडा, तप्राङ मैदान आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन







©rjgangaa_Photography


No comments:

Post a Comment

Featured post

Dear झरी

पानीका ती थोपासङै तिम्रा याद झर्छ! पानीसङै त्यो माटोले तिम्रै सुगन्ध छर्छ! बनी छोउछोउ लाग्यो तिम्रो तनमा!  झरीराख्न पाएहुन्थ्यो भित्रै तिम्र...