Sunday, 20 February 2022

पोखराको मुटुचाहिँ फेवाताल हो !

 पोखरा । पोखरालाई स्वर्गको टुक्रा पनि भनिन्छ । पोखराको मुटुचाहिँ फेवाताल हो । फेवाताल, जसलाई हेरेर जो कोही पनि मोहित हुन्छन् । फेवाताल, जसको दृश्यपान गरेर कसैको धित मर्दैन ।

लमतन्न परेको फेवातालमा छचल्किएको पानीले समुन्द्रको झल्को दिन्छ । यहाँबाट देखिने प्राकृतिक छटाहरु संसारमा प्रायः कमै मात्र देख्न सकिन्छ । फेवाताल, जहाँ कुमारी माछापुच्छ्रे हिमालको छायाँ देख्न सकिन्छ । त्यसैले त डेढ/दुई दशकअघि नै ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ………………..।’ को रचना भएको हो ।

फेवातालको काखबाट माछापुच्छ्रे हिमालसँगै अन्नपूर्ण हिमश्रृंखला दृश्यावलोकन पनि गर्न सकिन्छ । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल सराङकोट तलबाट शुरु भएर ड्यामसाइड हुँदै पुम्दीभुम्दीको माथिल्लो क्षेत्रसम्म फैलिएको छ । जसलाई हेरेर एउटा कविले कविता कोर्न सक्छ, गीतकारले गीत लेख्न सक्छ अनि कथा/उपन्यासकारले कथा, उपन्यास मन्थन गर्न सक्छ ।








No comments:

Post a Comment

Featured post

Dear झरी

पानीका ती थोपासङै तिम्रा याद झर्छ! पानीसङै त्यो माटोले तिम्रै सुगन्ध छर्छ! बनी छोउछोउ लाग्यो तिम्रो तनमा!  झरीराख्न पाएहुन्थ्यो भित्रै तिम्र...