मलाई विश्वास
जिन्दगी फेरि फर्किने छ
किनकि
समय रोकिदैन
समय परिवर्तनशिल छ
हिजो पनि समयले
तय गरेको थियो
आज पनि समयले
तय गरेको हो
र भोलि पनि समयले
तय गर्ने छ
मलाई थाहा छैन
आजमा कुन
भलाई लुकेको छ
तर भोलि न्याय
सहित आउँनेछ
र ती सम्पूर्ण
जीवनलाई न्याय दिनेछ
जसले आज
कुर्बान गरेका छन् ।।
No comments:
Post a Comment